२ श्रावन २०७८, शनिवार

देशका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ ।  प्रदेश- १, प्रदेश- २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति कर्णाली, लुम्बिनी तथा  प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

यो क्रम सोमबारसम्म नै कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर