१ श्रावन २०७८, शुक्रवार

शुक्रबार गण्डकीका ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार संक्रमण पुष्टि हुनेमा  कास्कीका १४६ जना, तनहुँका २० जना, गोरखाका एक जना, लमजुङका आठ जना, नवलपुरका ४१ जना र स्याङ्गजाका ३५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका ७३ जना, बागलुङका ३९ जना, म्याग्दीका पाँच जना, मुस्ताङका ११ जना र मनाङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना र कास्कीका एक जना छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर