१ श्रावन २०७८, शुक्रवार

नेपाल कम्न्युष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘बिप्लव’ ले आज बिहान जसपाका नेता डा बाबुराम भट्टराईसंग भेटवार्ता गरेका छन् ।

बिप्लव अहिले पूर्व माओवादीका नेताहरुसंग भेटवार्ता गर्दै कम्न्युष्ट पार्टी एकीकरणको लागि पहल गरिएको बुझिएको छ ।

एमालेका नेता माधव कुमार नेपाललाई समेत भेटेर वार्ता गरेका छन् । बिप्लवको सचिवालयले किन भेट गरेको विषय खुलाएको छैन ।

बिप्लवले आगामी चुनावमा पूर्व माओवादी एक हुने र सके छरिएर बसेका कम्न्युष्ट नेताहरुलाई समेत ल्याएर पार्टी एकीकरण गरि चुनावमा भाग लिने योजना बनाईरहेका छन् ।

केपी ओलीले सम्झौता अनुरुप साथ नदिए पछि बिप्लव अहिले देउवाको सरकारलाई आफ्नो मागहरु सम्बोधन गर्न आग्रह गरिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिप्लवको प्रस्तावमा ग्रिन सिग्नल दिए पश्चात माधव कुमार नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।

माधव कुमार नेपाललाई एमाले पार्टी छोडेर एकीकृत नयाँ पार्टीको अध्यक्षता गर्न आग्रह समेत गरेका थिए प्रचण्डले । माधव नेपालले एमाले एकताको अन्तिम प्रयास गर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर