३१ आषाढ २०७८, बिहिवार

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेही अवधिमा ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५५३ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६९३ पुगेको  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर