३१ आषाढ २०७८, बिहिवार

गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता प्रकरणमा प्रहरीले एकजना महिलालाई दाङबाट पक्राउ गरेको  छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको समन्वयमा दाङको घोराही उपमहानगरपालिका–१४, मिलनचोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको हो ।

गोमाका श्रीमान् टोपबहादुरले गैरकानुनी रूपमा नेपालीलाई अमेरिका पठाउन खोजेका थिए । उनी हाल विदेशमा छन् । तर, बेपत्ता भएका भनिएकाहरुले टोपबहादुरकी श्रीमती गोमाको खातामा रकम जम्मा गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार यही असार ७ गते नेपालका आठ र १० बंगलादेशी नागरिक सवार डुंगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा सात नेपाली बेपत्ता भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।

अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दुर्घटना भएको थियो ।
डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन्।

सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम/ठेगाना खुलेको छैन।

जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको अन्तराष्टिय सन्चार माध्यमहरुले वताएको भएपनि उनको नेपालको ठेगाना भने खुलाईएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर