३१ आषाढ २०७८, बिहिवार

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई प्रस्तावको पक्षमा हस्ताक्षर गरेका नेकपा एमालेका सासंदहरुको अग्नी परीक्षा शुरु हुन थालेको    छ ।

काग्रेसलाई समर्थन गर्ने हो भने पार्टिवाट निकालीने र आम कार्यकर्ता र भोटरहरुवाट तिरस्कृत हुने र नगर्ने हो भने आफुहरुकै कारण पार्टिका अध्यक्ष हटाएर परामादेशवाट काग्रेसका सभापति देशका प्रधानमन्त्री वनेको अवस्थामा उनीहरुको भुमिका के हुन्छ अन्योल देखिन थालेको छ ।
देउवालाई प्रधानमन्त्री वनाउन हस्ताक्षर अदालतमा वुझाएका २६ मध्ये ३ जना सांसद पछि हटिसकेका छन ।

यो अवस्थामा माधव झलनाथ गुटमा २३ जना मात्रै देखिएका छन । यतिवेला भने माधव गुटलाई साथ दिदै आईरहेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायतका नेताहरु विस्तारै नेपाल गुटवाट टाढिदै जान थालेका छन ।

माधव नेपालको पक्षमा रहेका २३ मध्ये १५ प्रत्यक्ष निर्वाचित हुन् । ८ जना समानुपातिकतर्फका सांसद हुन् ।

प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिकतर्फका केही सांसदहरु ओली समूहमा फर्कने सम्भावना रहेको छ ।

ओलीले कारबाही या  अवसरबाट यसको निक्र्यौल हुन्छ । माधव नेपालले आफ्नो पक्षमा रहेका २३ जना सांसदलाई नै जोगाउन सकेनन् भने परिस्थिति फरक हुन सक्छ ।

उनको पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईसहितका सांसदले गुट परिवर्तन गरेमा माधव नेपालको पक्षमा १० भन्दा कम सांसद रहन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर