
३१ आषाढ २०७८, बिहिवार
गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन् । थापा विमारी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए । अध्यक्ष थापाका चार जना छोराहरु छन्