३१ आषाढ २०७८, बिहिवार

चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बिहीबार) आदेश जारी गर्दै साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरण नभएकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको बताए । यस्तै खाजा घर, रेष्टुरेन्ट र मिठाइ पसलहरु साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर