
३१ आषाढ २०७८, बिहिवार
वाजुराका एक किसानले आफनो कृषि फर्मको नाम केपि वा कृषि फर्म भनेर दर्ता गराएका छन ।
बाजुराको बडीमालिका नगरपालिका–१ पिनाखेलकी नन्दाकुमारी नाथ र उहाँका श्रीमान् पदम कार्कीले केपी बा कृषि फर्म आन्तरिक राजश्व कार्यालय अछाममा दर्ता गरेर सञ्चालन गरिरहेका छन ।
आफूहरू सानैदेखि केपी ओलीको समर्थक भएका कारण उहाँको नाममा केही काम गर्ने इच्छा भएको नाथ दम्पतीको भनाइ छ ।
धेरै ठूलो काम केही गर्न नसकिने भएकोले आफ्नो पेसासँग मिल्दोजुल्दो काम गरेर केपी ओलीको नाम राख्न मन लागेको उनीहरुले वताए ।
फर्म दर्ता गर्नेवेलामा भने कर्मचारीहरुले निकै दुख दिएको उनको गुनासो छ नाम अर्काे राख्नुस भनेर वारम्वार फर्काए तर मैले मनपरेको नाम किन राख्न पाईदैन भनेर अडान लिए वल्लतल्ल दर्ता भयो र काम भएको छ उनले भने ।
नाथका अनुसार यो फर्म २६ चैत २०७७ मा दर्ता गरिएको हो । फर्मको पूरा नाम केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म हो ।