३० आषाढ २०७८, बुधवार

बुधबार गण्डकीमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार कास्कीका १८६ जना, तनहुँका १७ जना, गोरखाका ४२ जना, लमजुङका २२ जना, नवलपुरका ४४ जना र स्याङ्गजाका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका तीन जना, बागलुङका १५ जना, म्याग्दीका छ जना, र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार १५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ५२३ पुगेको छ।

तसर्थ कोरोना संक्रमणका कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १००८ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर