३० आषाढ २०७८, बुधवार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बुधबार विशेष अदालमा हाजिर भएका छन् ।
उनी शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार आज बिहान १० बजे अदालतमा हाजिर भएका हुन् ।
२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।
मुद्दामा ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।