
३० आषाढ २०७८, बुधवार
बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का ६३ वर्षीया महिला र राजापुर नगरपालिका वडा नम्बर १० का ६५ वर्षीय पुरुष रहेको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज ओलीले जनाकारी दिए।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ३ सय ७० जनाको मृत्यु भएको छ ।