३० आषाढ २०७८, बुधवार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधवकुमार नेपाल नेकपा एमाले सरकार ढालेर नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको बैशाखी बनेको आरोप लगाएका छन् ।
मंगलबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएपछि नेता नेपालले हात मिलाएर पहिलो बधाई दिएका हुन् ।
सोही कुरालाई लिएर टिप्पणी गर्दै थापाले माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर देउवालाई पहिलो बधाई दिन आतुर रहेको बताएका छन् । उनले सरकार ढाल्न एमालेभित्रका २३ जनाको गद्दारी गरेको भन्दै नाम पनि बताएका छन् ।
उनले लेखेका छन् – ‘नेकपा एमाले र अध्यक्षकाे नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाकाे बैशाखी बन्ने र पहिलाे बधाई दिन आतुर माधव कु.नेपालकाे निम्ति त याे हर्षविभाेर क्षण हाेला!जनादेशविपरित परमादेशबाट श्री शेबदेकाे प्रममा नियुक्ति”हलाे ताछी मुङ्ग्राे बनाएजस्तै”हाे।यिनै २३काे गद्दारीकाे परिणाम त हाे!’