२९ आषाढ २०७८, मंगलवार

‘सामाजिक अभियन्ता’ टिका संग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले टिका संग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइवा भन्ने शर्मिला राई र यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

https://amzn.to/4myfPN5

अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातिय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।

असार ६ मा पक्राउ परेका संग्रौला  महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर