२९ आषाढ २०७८, मंगलवार

लक डाउन गर्दा पनि कोरोना सक्रमण कम नभएपछि मलेसियाका स्वास्थ अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन ।

आज मलेसियामा हाल सम्मकै उच्च सक्रमितहरु भेटिएपछि अधिकारीहरुले अव कसरी नयाँ रणनिति वनाउने भन्ने तिर लागेका छन । मलेसियाका स्वास्थ निर्देशक तानश्री डा नुर हिसाव अबब्दुलाले भने जुलाई तीन देखि सक्रमणदर केहि घटेको थियो तर आज अचानक वढेको छ यसले हामिलाई कसरी अगाडि वढ्ने तर्फ ध्यान खिचेको छ ।
आज मात्रै मलेसियामा अहिले सम्मकै धेरै ११ हजार ७९ जना कोरोना सक्रमित थपिएका छन ।

आज थपिएका मध्ये सेलेङगर राज्यबाट मात्र ५२सय६३ जना, क्वालालम्पुरबाट १५सय२१, नेगरी सेम्बिलानबाट १हजार३३ रहेका छन् वाकि भने अन्य राज्यवाट रहेका छन ।

आज मात्रै मलेसियामा १सय २५ जनाको सक्रमणवाट मृत्यु भएको छ ।

हाल सम्म मलेसियामा कोरोना सक्रमणवाटमृत्यु हुनेको सख्या ६ हजार ३ सय ८५ पुगिसकेको छ । मलेसियाले जुन १ देखि पूर्ण रुपमा लकडाउन गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर