
२९ आषाढ २०७८, मंगलवार
मलेसियामा कोराना सक्रमणवाट आज १२५ जनाको मृत्यु भएको छ ।
यो संगै मलेसियामा कोराना सक्रमणवाट मृत्यु हुनेको सख्यो ६ हजार ३ सय ८५ पुगेको छ ।
पछिल्लो पटक ११ हजार ७९ जना नयाँ सक्रमित थपिएका छन ।
आज भेटिएका बिरामि मध्ये मलेसियाको सेलेङगर राज्यमा मात्र ५२६३ जना, क्वालालम्पुरबाट १५२१, नेगरी सेम्बिलानबाट १०३३ रहेका छन् भने बाँकी अन्य राज्यबाट भेटिएका हुन् ।
यो संगै मलेसियामा ८ लाख ५५ हजार ९ सय ४५ जना सक्रमित भएका छन ।
जस मध्ये ७ लाख ५३ हजार ३ सय २८ जना निको भएर घर फर्किएका छन ।
आज मात्रै ५ हजार ६ सय ९० जना निको भएर घर भएका छन ।
मलेसियामा अहिले ९६हजार २सय ३६ जना सक्रिय सक्रमित छन ।
जसमध्ये ४ हजार ९ सय ६४ जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।