२९ आषाढ २०७८, मंगलवार

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि यस विषयमा छलफल गर्न एमालेको स्थायी कमिटी बैठक बस्न लागेको    हो ।

https://amzn.to/4myfPN5

यसअघि सोमबारको स्थायी कमिटी बैठकमा एमालेको आन्तरिक विवाद समाधान कार्यदलका नेता. डा भीमबहादुर रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए । दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर