
मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ । लक डाउनलाई प्रभावकारी वनाईरहेको भएपनि सक्रमित भने दिन प्रतिदिन थपिदै गैरहेका छन ।
पछिल्लो २४ घण्टामा १०२ जनाको मृत्यु भएको छ ।
यो संगै मलेसियामा कोराना सक्रमणवाट मृत्यु हुनेको सख्यो ६ हजार २ सय ६० पुगेको छ ।
पछिल्लो पटक ८ हजार ५ सय ७४ जना नयाँ सक्रमित थपिएका छन ।
यो संगै मलेसियामा ८ लाख ४४ हजार ८ सय ७० जना सक्रमित भएका छन ।
जस मध्ये ७ लाख ४७ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन ।
आज मात्रै ५ हजार सय ४१ जना निको भएर घर भएका छन ।
मलेसियामा अहिले ९१हजार २सय ७२ जना सक्रिय सक्रमित छन ।
जसमध्ये ३ हजार ४ सय २० जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।