२८ आषाढ २०७८, सोमवार

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय पनि बदर गर्दै एक हप्ताभित्रै अधिवेशन आह्वान गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे साउन ३ गते पाँच बजेभित्र प्रतिनिधि सभाको बैठक बोलाउनुपर्नेछ ।

https://amzn.to/4myfPN5

नागरिकले छानेका प्रतिनिधिलाई तोकिएको समयअघि नै बिदा गर्नु संविधान विपरीत हुने सर्वोच्चको ठहर छ । प्रतिनिधि सभा विघटनको व्यवस्थालाई संविधानमा निःसर्त रूपमा खुला नछाडेको उल्लेख गर्दै सर्वोच्चले संसदीय प्रणाली र मूल्य मान्यता ग्रहण गर्नुपर्ने र विकल्प हुँदा हुँदै संसद् विघटन गर्न नपाइने जनाएको छ ।

कसैको इच्छा र आत्मनिष्ठा देखेको आवश्यकताका आधारमा आवधिकबाहेकको अवस्थामा जनतालाई समेत आर्थिक भार हुने गरी चुनाव गरिनु पनि संविधानको मर्म विपरीत हुने आदेशमा उल्लेख छ ।

हेर्न यहाँ क्लिक गर्नुहोस

 

 

प्रतिक्रिया

सम्बन्धित खवर