२८ आषाढ २०७८, सोमवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री हुने भएका छन्। सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्तिका लागि आज परमादेश जारी गरेपछि उनी प्रधानमन्त्री हुने निश्चित भएका हुन्।

https://amzn.to/4myfPN5

उनी प्रधानमन्त्री बन्ने संवैधानिक आधार भनेको संविधानको धारा ७६ (५) हो। सर्वोच्चले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न पनि आदेशमा भनेको छ।

गत जेठको ७ गते ५ बजे देउवासँगै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दावेदारी प्रस्तुत गरेका थिए।

तर, दुवै दावेदारले बुझाएको हस्ताक्षर दोहोरो परेको भन्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमा दुवैलाई नियुक्त गरेकी थिइनन्।

ओलीले १५३ र देउवाले १४९ सांसदको हस्ताक्षरसहितको समर्थन गरेको दावी पेश गरेका थिए।
अन्नतः अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि परमादेश जारी गरेको हो।

यसअघि देउवा २०५२ भदौ २७ गते पहिलोपटक प्रधानमन्त्री भएका थिए। २०५८ साउन ११ गते दोस्रो पटक , २०६१ जेठ २१ गते तेस्रोपटक र २०७४ जेठ २४ गते चौंथो पटक प्रधानमन्त्री भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर