२८ आषाढ २०७८, सोमवार

भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा नवलपरासी पूर्वबाट वडाध्यक्षसहित ८ जना पक्राउ परेका छन्।

https://amzn.to/4myfPN5

भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ ठेगाना उल्लेख गरी जमिर मियाँको नाममा नेपाली नागरिकता दिन सिफारिस गर्ने ६ नम्बर वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार वडाध्यक्ष सापकोटासँगै ३३ वर्षीय भारतीय नागरिक देवन, उनका नक्कली बुवा ५२ वर्षीय सफिअल्ला मियाँ, वडासदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरू पक्राउ परेका हुन्।

वडा कार्यालयबाट जन्म दर्ताको प्रमाणपत्र समेत लिएर मियाँले वंशजको आधारमा गत चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट  सुस्तापुर्बबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर