२८ आषाढ २०७८, सोमवार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा विच सामाजिक सन्जालमा दोहोरी चलेको छ । एमाले नेता नेपालले पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा राखेकोमा आपत्ति जनाएका छन् । कार्यदलले गरेका सहमतिलाई अदालतको मानहानी गर्ने गरी व्याख्या गरिनु गलत र अस्वीकार्य रहेको नेता नेपाल बताउँछन्।

सुर्थ थापाले लेखेका छन


‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६(२३. १२३ मात्र। सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना१ मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो, जय नेपाल,’

यही स्टाटसमा नेता नेपालले आपत्ति जनाएका हुन्। नेपाल पक्षका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

सोमबार बिहानै स्टाटस लेखेर नेता नेपालले प्रेस सल्लाहकार थापाको उक्त धारणामाथि आपत्ति जनाएका छन्।

‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले० का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु,’ नेपालले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर