
२७ आषाढ २०७८, आइतवार
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । अहिले चार वजे उनले वैठक वोलाएका हुन ।
एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि सहमति नजुट्दै अध्यक्ष ओलीले बैठक बोलाएका हुन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेका केही मागबारे अझै सहमति जुट्न सकेको छैन । सहमति नजुट्दै ओलीले स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।