२७ आषाढ २०७८, आइतवार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

https://amzn.to/4myfPN5

एक महिनासम्म विना विभागीय मन्त्री बनेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मनाङे अघिल्लो सरकारमा पनि खेलकुद मन्त्री बनेका थिए । दुवै जना मन्त्रीले पदभार ग्रहण पनि गरिसकेका छन् ।

योसँगै गण्डकीमा चार जना मन्त्रीको जिम्मेवारीको टुङ्गो लागेको छ ।

कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर