२७ आषाढ २०७८, आइतवार

गैरआवासीय नेपाली संघ (एनआरएन)मलेसियाको युवा संयोजकमा सिताराम वस्नेतले आफनो उम्मेदवारी घोषणा गरेका छन । यसअघि मलेसियाको एनआरएनमा कार्यसमितिमा वसेर काम गरेको अनुभव लिएका वस्नेतले यसपटक युवा संयोजकको नेतृत्व लिन आफु तयार भएको वताएका छन ।
मलेसियाका विभिन्न संघसंस्थामा रहेर काम गरिसकेको वस्नेत मलेसियाको जोहोर शाखामा आवद्ध हुदै काम गरिसकेका छन । आफु पनि श्रमिक भएको र श्रमिकको हकहितको लागि काम गर्दे उनीहरुको अधिकारलाई सुनिश्चिता दिने आफनो चाहाना भएकाले युवा संयोजकमा उम्मेदवारी दिन लागेको उनले बताए ।

मैले राम्रो संग श्रमिकको समस्यालाई अध्ययन गरेको छु र कोभिड १९ को समयमा पनि पिडित नेपाली साथीहरुको होस्टेल होस्टलमा पुगेर सहयोग गरेको अनुभव पनि ताजैछ । अझै धेरै गर्नुपर्ने काम छन त्यसलाई पुरा गर्दे नेपाली युवा साथीहरुलाई एनआरएनमा जोडर काम गर्ने अठोट रहेकोले पनि आफनो युवा आफनो उम्मेदवारी रहेको उनको भनाई छ ।
एनआरएनए मलेसियाको ७औँ अधिबेशन यहि जुलाई २५ तारिख हुदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर