२६ आषाढ २०७८, शनिवार

गैर आवासिय नेपाली संघ(एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद वहादुर थापाले आफनो उम्मेदवारी घोषणा गरेका छन । थापाले पदको लागि भन्दा पनि कामको लागि उम्मेदवारी दिएको वताएका छन । विगतमा वोल्ने तर नगर्ने देखियो अव त्यस्तो हुन नदिनको लागि मेरो उम्मेदवारी हो उनले भने ।
नयाँ पिढिको लागि हिजोको दिनमा केहिपनि काम भएन,साथीहरुले वोलेका वाँचाहरु पनि पुरा गरेनन अव त्यस्तो नहोस भन्नको लागि आफनो उम्मेद्धवारी रहेको थापाको भनाई छ ।
म संग भएको भिजन र साथीहरु सगं भएको भिजन मिलाएर एनआरएनलाई एकतावद्ध रुपमा आफु अगाडि वढाउनु जिम्मेवारी आफुमाथि आएको समेत उनको भनाई छ ।

मलेसियाका विभिन्न संघसंस्था हुदै एनआरएनएमा रहेर पनि काम गरे, मलेसियामा रहेका विभिन्न संघसंस्थाका जिम्मेवार पदाधिकारीहरु र नेपाली मजदुर साथीहरुवाट एनआरएनको नेतृत्व तपाईले लिनु पर्छ भनेपछि उम्मेदवारी दिन लागेको थापाको भनाई छ ।

मलेसियामा करीव दुई दशक देखि ब्यापार ब्यवसाय गर्दे आएका थापा मिजासिलो स्वभावका कारण मलेसियामा सवैका प्रिय छन । नेपाली मजदुर साथीहरुलाई परेको पिडामा सम्वन्धित निकाय सगं पुगेर न्यायको लागि आवाज उठाउने गर्दछन ।

कम्पनीहरुले दुख दियो भने सवन्धित ठाउँमै पुगेर समस्याको समाधान खोज्ने उनको राम्रो पक्ष छ । नेपालमा दुख आपत आईपरेको अवस्थामा आफनै ब्यक्तिगत तथा विभिन्न संघसंस्था सगं मिलेर उनले सहयोग गर्दे आईरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर