२६ आषाढ २०७८, शनिवार
नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन ।
नेता रायमाझीले दाहालकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दै आएको वताए ।
काठमाण्डौमा शनिवार आयोजित कार्यक्रममा नेता रायमाझीले विगत ३३ वर्षदेखि विना विचार तथा विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रूपमा नेतृत्वमा बसिरहेको आरोप लगाए । उनले भने गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कतिऔँ पार्टी हुन्थ्यो । त्यो कसको कारणले । उनले थपे
माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्शन गर्नुपर्छ भनेर आफूहरू सङ्घर्ष गरिरहेको बताए ।









