२६ आषाढ २०७८, शनिवार

सप्तरीको महादेवा गाउँपालिकामा अज्ञात रोगका कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महादेवा गाउँपालिका वडा नम्वर २ चकलीकी ४० वर्षीया सितादेवी रजक रहेकिछिन ।

करीव पन्ध्र जना विरामि भन्दा बढी व्यक्ति विरामी भएका छन् । बिहिवार साँझ अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अस्पतालमा भर्ना गरिएको थियो ।

उनीसँगै लक्षण देखिएर २२ वर्षीय संदिप रजक, १८ वर्षीय रंजित रजक, २२ वर्षीया कंचन रजक, १९ वर्षीय राजेश रजक, ३० वर्षीया सोनीयादेवी रजक, १७ वर्षीय काजल मण्डल र ३० वर्षीय रन्जन मिश्रा रहेका छन ।

विरामीहरुमध्ये तीन जनाको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भइरहेको छ, भने ४ जनालाई थप उपचारको लागि धरान रिफर गरिएको छ’ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य घटना स्थलमा पुगरे त्यहाँको अवस्थमाको बारेमा जानकारी लिएका लिएका छन् ।

“उपचारको लागि धरान पठाइएको २ जना बिरामीको स्वास्थ्य अवस्था पनि समान्य नै रहेको छ, गम्भीर देखिएका अन्य एक जनाको उपचार भइरहेको छ” प्रजिअ आचार्यले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर