
२६ आषाढ २०७८, शनिवार
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
दुई नेताबीच करिब १ घन्टा छलफल भएको थियो।
एमाले विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरि आज सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो। प्रचण्ड यसअघि मंगलबार पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।
भेटमा खास के के कुराहरु भए केहि पनि खुलाईएको छैन ।