
२६ आषाढ २०७८, शनिवार
पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानी हिउँदे खोला क्षेत्रमा खसेको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
बिहीबार बिहान पहिरोले पुरिएर गम्भीर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको शुक्रबार राति लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस अघि पहिरोमा पुरिएर ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय आरम्भ परियारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोले बगाउँदा ७ जना घाइते भएका थिए भने ७ जनाले पहिरोमा भागेर ज्यान जोगाएका थिए ।