२६ आषाढ २०७८, शनिवार

वैदेशिक रोजगारीका क्रममा एजेन्टले ठगी गरेको आरोपमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । सप्तरीकोको खडक नगरपालिकामा बिहीबार राति वैदेशिक रोजगारीका क्रममा ठगी भएको भन्ने विषयमा दुई पक्षबीच झडप हुँदा स्थानीय ७० वर्षीय मो. दाउनको मृत्यु भएको हो ।

साथै अन्य तीन जना घाइते भएका छन् । ठगीको रकमका विषयमा आपसी विवाद बढेपछि झडप भएको प्रहरीले जनाएको छ । राजविराज नगरपालिका ९ जगदरीका सनाउल भन्ने व्यक्तिले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेन्टको काम गर्दै आएका थिए ।

उनले स्थानीय युवालाई वैदेशिक रोजगारमा पठाउँदा चाहिने भन्दा बढी रकम लिएर ठगी गरेको भन्दै स्थानीय मो. ईजराईल र मो. अक्तरसँग विवाद भई झडप शुरु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर