२६ आषाढ २०७८, शनिवार
मलेसियामा रहेका एक नेपालीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सम्वोधन गरेर एउटा भिडियो सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका छन ।
दाङ जिल्ला घोराही २ रामपुर घर भई मलेसियाको तारिसाना गार्डफोसमा कार्यरत मेघराज कालाथोकिले आफुलाई उद्धार गरिदिनको लागि अनुरोध गरेका छन । ५६ सेकेण्डको उक्त भिडियोमा आफु रोगले ग्रस्त भएको र कम्पनीलाई नेपाल फकाईदिन अनुरोध गर्दा आज आज भोली भोली भन्दै नपठादिएको वताएका छन । मरेपनि आफनै भुमिमा मर्ने छु भन्दै उनले कम्पनीले तीन वर्षको करार अवधि सकिदापनि नेपाल फिर्ता नपठाएको उल्लेख गरेका छन ।
सामाजिक संन्जालमा देखिएको उनको अवस्था प्रति नेपाली राजदुतावास क्वालालम्पुरले चासो देखाएको छ । दुतावासले कालाथोकिको कम्पनी संग कुरागरेपछि कम्पनीले अस्पतालमा पुरयाएर सामान्य उपचार गराएको दुतावासलाई उदृत गर्दे सामाजिक कार्यकता सर्मपण भट्टराईले जानकारी गराए । उनले भने ‘मैले हिजो राती पनि दुतावासका कर्मचारीलाई फोन गरेर जानकारी गराएको थिए दुतावासले कम्पनी सगं कुरा गरेको रहेछ जुलाई १५मा स्वदेश फर्किनका लागि चेक आउट मेमो वनाईदिनको लागि मलेसियाको अध्यागमन विभागमा समेत पत्राचार गरिसकेको रहेछ ’
यस्तो छ कालाथोकिको प्रधानमन्त्रीलाई आग्रह सुनौ
‘सम्माननिय प्रधानमन्त्री ज्यू म मेघराज कालाथोकि म मलेसियामा कार्यरत छु अहिले , मेरो करार अवधि सकिएको पनि करीव तीन वर्ष पुगेर तीन महिना भैसक्यो । अनि म अहिले हेपटाईटिसवाट एकदम ग्रस्त छु । यहाँ दवाई नभएकोले हुनाले मर्ने जस्तो स्थिति छ । कम्पनीले आज भोली भन्दा भन्दै पठाएको छैन । म मेरो पनि नेपालमै मर्न चाहान्छु, प्लीज जसरी हुन्छ मेरो जनि उक्दो चाडो उद्धार गरिवक्सियोस ’