२५ आषाढ २०७८, शुक्रवार

कोरोना सक्रमण केहि कमि भए सगै सरकारले अन्तर्राष्ट्रिय उडान थपेको छ । अव सातामा कुल ५३ वटा उडान हुने भएका छन ।

https://amzn.to/4myfPN5

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । यसैगरी नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान मलेसियाको क्वालालाम्पुरमा गर्ने भएका छन ।

दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एकरएक उडान गर्ने भएका छन् ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक एक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ ।

साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको    छ ।एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर