२५ आषाढ २०७८, शुक्रवार
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ संक्रमणमुक्त भएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ मा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ६ सय ५७ पीसीआरबाट १ हजार ४ सय ७९ र ४ हजार ६ सय ५७ एन्टिजेन परीक्षणबाट ७ सय ६० मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २० संक्रमितले ज्यान गुमाएका छन् ।
हालसम्म नेपालमा ९ हजार ३ सय ४० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।