२५ आषाढ २०७८, शुक्रवार
नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी सम्बन्धी संविधान विपरीत दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खोरेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो कार्य हास्यास्पद भएको भन्दै टिप्पणी गरेका छन् ।
संविधान, कानुन, विधि, विधान विपरीत दुष्प्रचार गरिएको भन्दै पार्टीले आफ्ना नेता कार्यकर्तालाई भ्रममा नपर्न समेत आग्रह गरेको छ ।
माओवादी छोडेर एमालेमा लागेको नेताहरुले गएको बुधबार असार २३ गते माओवादी केन्द्रको लामो समयदेखि महाधिवेशन नभएकाले पार्टी नै अवैधानिक भएको भन्दै दल खारेज गर्न निर्वाचन आयोगमा निवदेन दर्ता गराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर