२५ आषाढ २०७८, शुक्रवार
नेकपा एमालेको विवाद समाधान कार्यदल बैठक अझै बस्न सकेको छैन।
माधवकुमार नेपाल समूहबाट कार्यदलमा सदस्य रहेका नेताहरु बैठकस्थलमा अझै आइपुगेका छैनन्।
ओली समूहका नेता सुवास नेम्वाङले भने शुक्रबार बिहान बस्ने बैठकले सहमतिको टुंगो लगाउने बताएका थिए।
तर निर्धारित समयमा बैठक सुरु हुन नसकेको विवाद झनै बल्झेकाे अनुमानहरु भैरहेका छन्।









