२५ आषाढ २०७८, शुक्रवार

नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगि बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक नेपाली पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राई रहेका छन ।

राईले पीडितसँग फेसबुकबाट चिनजान गरी कन्स्ट्रक्सन तथा व्यापारको काममा लगाईदिने भन्दै विभिन्न ब्यक्तिलाई ठग्ने गरेको प्रहरीले जनाएको छ ।
निज राईले साढे ४ लाख लिएर कम्बोडिया खाने बस्ने खर्च बाहेक नगद १ लाख रुपैयाँ मासिक कमाई हुन्छ भन्दै प्रलोभन देखाएका थिए ।
राईले भारत, म्यानमार, थाइल्याण्ड हुदै कम्बोडिया लगेर चिनियाँ नागरिकहरु बस्ने गरेको घरमा खाना बनाउने र घर सफा गर्ने भनी लगि झुक्याएर यौन दाशीको रुपमा काम गर्ने गरी पीडितलाई बेचबिखन गरेको भन्ने जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोले ईलामवाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका राईले अन्य ४५ जना नेपाली महिला तथा पुरुषलाई विभिन्न बाटो हुँदै अवैध रुपमा कम्बोडिया लगि अलपत्र पारेको सम्बन्धमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा समेत मुद्दा दर्ता भएको खुल्न आएको छ ।
राई उपर जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर