
२५ आषाढ २०७८, शुक्रवार
नेकपा (माओवादी केन्द्र)को दलीय हैसियत खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको रामबहादुर थापा ‘बादल’समूहका नेता निर्वाचन आयोग जाने भएका छन्।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका बादल समूहका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्।
बुधबार माओवादी केन्द्रको दलीय हैसियत खारेजीको निवेदन आयोगमा दर्ता गराएका उनीहरु पुन आयोग जान लागेका हुन्।
माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य बादलसहित प्रतिनिधि सभाका चार सदस्यलाई यसअघि कारबाही गरिएको थियो। यस्तै, प्रदेश सभा सदस्य ८ जना र स्थानीय तहका १८ जना जनप्रतिनिधिलाई माओवादीले कारबाही गरेको थियो ।