
२४ आषाढ २०७८, बिहिवार
पाल्पामा एकैदिन ११५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
याे संख्या निषेधाञा खुकुलाे बनाएसँगै भएकाे सबैभन्दा बढी संक्रमण हाे ।विहिवार ६८ जना मात्र निको भएका छन् ।
पाल्पामा हालसम्म ५७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
पाल्पामा केही दिनयता सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११२ जनाको निधन भईसकेको छ ।