
२४ आषाढ २०७८, बिहिवार
अवैधानिक अवस्थामा मलेसियामा रहेर काम गरिरहेका नेपालीले अव सिधै एयरपोर्टमा पैसा वुझाएर नेपाल आउन पाउने भएका छन । मलेसियामा रहेको सरकारी माध्यम वर्नामाले जनाए अनुसार त्यसको लागि क्वालालम्पुर एयरपोर्टमा स्पेशल काउण्टरको ब्यवस्था गरिने भएको छ ।
अबदेखि मलेसियाबाट आ-आफ्नो देश फर्किने अवैधानिक विदेशी श्रमिकहरुले अध्यागमनबाट अनलाइन प्रणाली मार्फत पुर्व स्वीकृति (अपोईन्टमेन्ट) लिन नपर्ने, चेकआउट मेमो निकाल्न नपर्ने , लामो समय कुर्न नपर्ने , अध्यागमन बिभागको कार्यालयमा जान नपर्ने सिधै केयलआईए एयरपोर्टमा गैई स्वदेश फर्किन सकिने जनाईएको छ ।
जसको लागि पुरानो पासपोर्ट या दुतावासले जारी गर्ने यात्रा अनुमति पत्र,७२ घण्टाको कोरोना गरेर पिसिआर नेगेटिभ आएको रिपोर्ट वारकोर्ड या क्युआर कोर्डसहितको र हवाई टिकट अनिवार्य गरिएको छ ।
त्यसका साथै मलेसिया सरकारलाई ५ सय रिगेट जरिवाना वुझाउनु पर्ने भएको छ । जरिवान नगद नभएर वैक कार्ड,टचएण्ड गो को इवालेट वाट तिर्न सकिने जनाएको छ । साथै घर फर्कनको लागि एयरपोर्टमा करीव ७ घण्टा अगाडि नै पुग्नु पर्ने उल्लेख गरिएको छ ।
मलेसियाले यो योजना लागु गर्ने खवरले घर फर्कनको लागि निकै समस्या भोगिरहेका नेपालीहरुलाई निकै फाईदा पुग्ने भएको छ ।