
२४ असार २०७८, बिहिवार
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालीकामा भोली शुक्रवार २५ गते कोरोना भाईरस विरुद्धको भेरोसिल खोप लगाईने भएको छ ।
यस अघि पहिलो खोप लिएका ६२ देखि ६४ वर्ष उमेर समुहका २ सय ६४ जनालाई खोप दिन थालेको कालीगण्डकी गाउँपालीकाका जनस्वास्थ निरीक्षक खड्क वहादुर थापाले राष्ट्र डेली लाई बताउनु भयो ।
कालीगण्डकी गाउँपालीका भित्रका सातै वडामा साथै मिर्मिको कालीगण्डकी अस्पतालमा खोप लगाईने भएको छ । पहिलो पटक कोभिसिल्ड खोप लिएकाहरुले भने यो पटक खोप भारतवाट नआउदा लिन पाउने भएका छैनन जसका कारण उनीहरु चिन्तीत भएका छन ।