
२३ आषाढ २०७८, बुधवार
दार्चुलामा स्काइभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड तिङलास्थित कच्ची सडकखण्ड अन्तर्गत मकरीगाड हाड्रोपावर कम्पनीको स्काइभेटर मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ
सडक सफा गर्ने क्रममा बुधबार साँझ चार बजे सुपप्र ०१०० क १६०४ नम्बरको स्काइभेटर दुर्घटना हुँदा शैल्यशिखरको आग्रा बस्ने २८ वर्षिय विशन रावलको मृत्यु भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।