
२३ आषाढ २०७८, बुधवार
नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ ।
बुधबार सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीलाई संक्षिप्त जानकारी दिँदै कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख पुगेको बताए । उनले भने ‘ कार्यदलका तर्फबाट नेताहरुको विचार र भावना बुझिएको छ ।
कार्यदलमा छलफल निष्कर्षउन्मुख छ । सम्भवत भोली टुंग्याउछौंं ।’बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।