
२३ आषाढ २०७८, बुधवार
सवै पार्टिहरुले महाधिवेशनको तयारी गरिरहदा माओवादि केन्द्रमा भने ९ वर्ष देखि महाधिवेशन भएको छैन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३० वषदेखि पार्टीको नेतृत्वमा छन् । माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ माघमा भएको थियो।
नेपालको संविधानमा हरेक पाँच वर्षमा महाधिवेशन गराउनुपर्ने, नभए पार्टी अवैधानिक हुने उल्लेख गरिएको छ । जसअनुसार ०७५ सालभित्रै महाधिवेशन हुनुपर्ने हो । तर, त्यसबेला एमालेसँग पार्टी एकता गरेपछि संकट टरेको थियो ।
तर, सर्वोच्च अदालतले फागुन २३ गते पुनः माओवादी केन्द्र ब्युँत्याइदिएपछि ६ महिनाभित्रै महाधिवेशन गर्नुपर्ने हुन्थ्यो तर माओवादि केन्द्रमा महाधिवेशनको कुनै गन्ध समेत देखिदैन ।
माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन दिन थालेका हुन् ।
राजनीतिक दलसम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ।
६ महिना म्याद थप्न मिल्ने प्रावधानबमोजिम पनि ७५ असारभित्रै भइसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकाले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले निवेदन हाल्न लागेको बताइन्छ ।