२३ आषाढ २०७८, बुधवार

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम शुक्रबार ७४ वर्ष लाग्दैछन्।

https://amzn.to/4myfPN5

उपाध्यक्ष गौतम मात्रै होइन, एमालेको नवौँ महाधिवेशनको विधान पूर्ण रुपमा लागू भएको भए अध्यक्ष केपी शर्मा ओली (७० वर्ष)ले गत फागुनबाट र झलनाथ खनाल (७२ वर्ष)ले २०७६ जेठबाटै अवकाश लिनुपर्ने थियो।

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपाल (६९ वर्ष) पनि आगामी फागुनको तेस्रो सातासम्म मात्रै कार्यकारी पदमा बस्न पाउने छन्। त्यसको एक वर्ष नपुग्दै महासचिव ईश्वर पोखरेल (६८ वर्ष)ले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुपर्ने हुन्छ।  तर, अहिलेसम्म पूर्वप्रधानमन्त्री खनालबाहेक कुनै पनि नेताले सक्रिय राजनीति छाड्ने संकेत गरेका छैनन्।

विधानमा रहेको ७० वर्षको व्यवस्था कार्यान्वयन गरेर जाने हो भने अहिले देखिएको कतिपय समस्या आफैँ समाप्त भएर जान्छ .

कसको उमेर कति? 
वामदेव गौतमः  २००५ असार २६ (७४ वर्ष)
झलनाथ खनालः २००७ जेठ ७ (७२ वर्ष)
केपी शर्मा ओलीः २००८ फागुन ११ (७० वर्ष)
माधवकुमार नेपालः २००९ फागुन २३ (६९ वर्ष)
ईश्वर पोखरेलः २०१० माघ २२ (६८ वर्ष)
अमृतकुमार बोहोराः २००५ वैशाख १५ (७४ वर्ष)
सुवास नेम्वाङः २००९ फागुन २८ (६९ वर्ष)
अष्टलक्ष्मी शाक्यः २०१० असोज (६८ वर्ष)
प्रदीप ज्ञवालीः २०१९ भदौ २८ (६० वर्ष)
भीम रावलः २०१३ मंसिर २९ (६६ वर्ष)
घनश्याम भुसालः २०१८ भाद्र २६ (६१ वर्ष)
विष्णु पौडेलः २०१६ मंसिर ५ (६३ वर्ष)
सुरेन्द्र पाण्डेः  २०१५ भदौ ९ (६४ वर्ष)

प्रतिक्रिया

सम्बन्धित खवर