२३ आषाढ २०७८, बुधवार

नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसँगै कर्णाली प्रदेशमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ ।

https://amzn.to/4myfPN5

कर्णाली प्रदेशका १० जिल्लामा संस्थापन र इतर समूह आसन्न जिल्ला अधिवेशनमा भिडाउने प्रत्यासीको टुंगो लगाउने क्रममा छन् ।

यसै क्रममा सुर्खेतमा कमलराज रेग्मी,यज्ञबहादुर बीसी,टोपबहादुर राउत,दैलेखमा घनश्याम भण्डारी,भूपेन्द्र शाही र मणिराम रेग्मी ,गणेश उपाध्याय आकांक्षी देखिएका छन्।

यसैगरी कालिकोटका हर्ष बम, शंकर उपाध्याय,हिम्मत विष्ट ,मोतिराज बम ,जुम्लामा दीपबहादुर शाही,कान्तिका सेजुवाल ,कर्ण शाही ,मुगुमा खड्गबहादुर शाही ,खगेन्द्र मल्ल ऐनबहादुर शाहीले उम्मेदवारी दिने चर्चा चलेको छ ।

यस्तै डोल्पामा अंगतकुमार बुढा ,कर्णबहादुर बुढा ,हुम्लामा थानबहादुर रोकाया ,मोहन सिंह,जाजरकोटमा देवराज सिंह पौडेल, मुक्ति आचार्य
राजीव शाह,सनक कार्की,इलम शाहीको चर्चा राजनितिक वृतमा चलिरहेको छ ।

यस्तै सल्यानमा ध्रुव पुरी, केशबहादुर डाँगी पश्चिम रुकुममा प्रेमप्रकाश वली,कृष्णबहादुर रोकायाले उम्मेदवार वन्ने चर्चा छ ।

नेपाली काग्रेसले साउन २३ मा एक निर्वाचन क्षेत्र भएको जिल्ला र साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर