
२२ आषाढ २०७८, मंगलवार
काठमाण्डौ उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि सडकमा गाडीको चाप बढेको छ ।
गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने, यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ ।
गाडीलाई समेत नि-सङ्क्रमित गराउनु पर्नेछ। यस्तै सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चार/चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्नेछ ।
गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ ।
यस्तै अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रवेश गर्न पाउने छन् ।