
२१ आषाढ २०७८, सोमवार
रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्म लम्बिएको छ ।
सोमबार बसेको डिसीएमसीको बैठकले ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
सार्वजनिक सवारी साधन भने जोरविजोर प्रणाली अन्तरगर चल्नेछन ।
निजीसवारी साधनलाई असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो ।
यस्तै माछा मासु तरकारी फलफुल दुग्धजन्य साम्रगीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।