२१ आषाढ २०७८, सोमवार

नेकपा माओवादी केन्द्रका प्रवक्ता नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । आज सोमबार राष्ट्रिय सभाको बैठकमा सहभागी भएका श्रेष्ठले ओलीमाथि विदेशी हस्तक्षेप आमतन्त्रण गरेको आरोप लगाउँदै यस्तो प्रतिक्रिउा दिएका हुन्

https://amzn.to/4myfPN5

‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयो ’ उनले भने । बैठकमा श्रेष्ठले ओली अहिले आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसकेको भन्दै ओलीले गरेको राष्ट्रियताको विषयमा धोका भएको समेत उनको तर्क रहेको छ ।

आन्तरिक मामिलामा भएको हस्तक्षेप प्रतिवाद नगरि उल्टै विदेशी हस्ताक्षेप स्वीकार गरी , आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्याएको आरोप समेत लगाएका श्रेष्ठले यो क्षम्य योग्य नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर