
२१ आषाढ २०७८, सोमवार
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जगंलमा दाउरा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको हो ।
उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।